गृहमन्त्री रविको निर्देशनपछि मापदण्डविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ खटिएका मापदण्डविपरीत सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरीरसशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान

काठमाडौं । थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे …

प्रतिकृया दिनुहॊस