मनाङ छाडेका अञ्जनले लेखे भावुक स्टाटस्

काठमाडौँ । राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट चर्च ब्वाईज युनाईटेड क्लबमा आबद्ध भएका छन् । २४ वर्षीय फरवार्डले चर्च ब्वाइजसँग एक वर्षको सझौता गरेका छन् । यसअघि,मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका बिस्ट यस सिजन चर्च ब्वाइज युनाइटेड पुगेका हुन् ।

उनी मासिक २ लाख बढी रकम पाउने गरि अनुबन्धित भएका हुन् । राष्ट्रिय टिमका लागि ११ गोल गरिसकेका फरवार्ड अन्जन मनाङमा चार वर्ष बिताए । अन्जनले सामाजिक संजाल फेसबुकबाट मंगलबार मनाङ छाडेको जनाएका थिए ।

उनले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै केही व्यक्तिको स्वार्थका कारण क्लब छोड्नुपरेको जनाएका छन् । ‘जुन क्लबलाई मनदेखि आफ्नो दोस्रो घर सोचेर अगाडि बढेको थिएँ, त्यसमा केही व्यक्तीहरूले क्लबलाई आफ्नो स्वार्थ अनुसार चलाउन खोजेपछि पटक-पटक राम्रो हुन्छ कि सोच्दा समेत व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफु अनुसार क्लबलाई चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु,’ अञ्जनले लेखेका छन् ।

उनले पछिल्ला वर्षहरुमा क्लबको कप्तानी सम्हालेर खेलिरहँदा हरेक पल आफूलाई भन्दा क्लबलाई माथि राखेको बताउँदै हरेक परिस्थितिमा क्लबलाई कसरी नेपालको उत्कृष्ट बनाउने भनेर सोचेको उल्लेख गरेका छन् । साथै कप्तानको जिम्मेवारीका लागि क्लबलाई आभार पनि व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस