कांग्रेसमा तात्यो इतर पक्ष, शेखरको सम्पर्क कार्यालयमा भेला

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दैछ । शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतरपक्षको बैठक बस्न लागेको हो ।

बैठकमा इतरपक्ष पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ । बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने जनाइको छ ।

गत आइतबार कांग्रेससँगको सहकार्य तोडेर माओवादी अध्यक्ष प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेपछि कांग्रेसभित्र विवाद बढेको छ । इतर पक्षका नेताहरु सभापतिसहित संस्थापनमाथि प्रश्न उठाएका छन् । केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित देखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस