एनआईबिएल ग्रोथ फण्डमा लगानी गर्ने समय थपियाे

काठमाडाैँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि ‘एनआईबिएल ग्रोथ फण्ड’ नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । याे हालसम्मकै ठूलो म्युचुअल फण्ड हो ।

यस फण्डमा लगानी गर्ने समय थपिएकाे छ । यसअघि छिटाे अवधि आजसम्मका लागि ताेकिएकाेमा अब म्याद थपेर पौष २१ गतेसम्म पुर्याइएकाे छ । क्यापिटलले याेजना अवधिभर यस योजनाले वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १६ करोड इकाईहरु निष्कासन गरेकाे हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ ।

एक प्रतिशत अर्थात् १६ लाख इकाई याेजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस