स्वर्णिम वाग्ले भन्छन्- भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाखको पुरस्कार दिन्छौं

काठमाडौं – भ्रष्टाचार विरोधी नागरिकहरूको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ ।

चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने जानकारी गराएका हुन् ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन् ।

देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गर्न लागिएको उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस