संसदमा गृहमन्त्री खाणको राजीनामा माग

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागिएको छ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन्।

‘बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यस्ता अशान्ति टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ।’

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस