जहाज दुर्घटनाका मृतकको शव काठमाडौँ ल्याइने

काठमाडाैँ । तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइने भएको छ । सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने भएको हो । जहाजमा चालक दलका तीनसहित २२ जना सवार थिए ।

आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप