काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित नजिक पुगेका छन् । ३८ हजार ३७४ मतगणना हुँदा बस्नेत १३ हजार २६३ मतसहित जित नजिक पुगेका हुन् ।
दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११ हजार २३२ मत छ, राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ । अब गणना हुन बाँकी १८०५ मात्रै छ । तेस्रोमा रहेका नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीको ८ हजार ८९९ मत छ ।
उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ । उनले १२ हजार ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी सरिता राई ११ हजार ४५१ मतका साथ दोस्रो स्थानमा छन् ।
तपाईंको प्रतिकृया




