गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् ।

गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताले सहयोग आवश्यक हुने बताए ।

वि.स.२०७७ देखि २०६२/०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको बताएका छन् । उनले स्वतन्त्र र सार्वभौम देशका नागरिक भएको र जनताले चुनेका निर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुनु गर्वको विषय भएको पनि बताए ।

हालै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको र यसै वर्ष प्रदेश र संघीय संसद्को निर्वाचन पनि गरिने प्रधानमन्त्री देउवाको भनाइ छ । उनले नागरिक अधिकार प्राप्तिका लागि भएका राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसहित देशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा तीन सडक प्रदर्शन, अस्तव्यस्त ट्राफिक व्यवपस्थापन

काठमाडौं । काठमाडौंका तीन ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ । नेकपा एमालेले दरबारमार्गमा …

प्रतिकृया दिनुहॊस