मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ । संसद्मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ ।

आजै अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस