पोखराको मेयरमा गठबन्धनले बनायाे साढे १८ सय मतको अग्रता

पोखरामा गठबन्धनले १८ सयको अग्रता बनाएको छ। मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ ।

मेयरमा धनराज आचार्यले १ हजार ८४५ मत अग्रता लिएका छन्। उनले १४ हजार ३६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५१७ मत पाएका छन्।

उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन्।

कोपीलाको १४ हजार ६६६ मत आउँदा मन्जुको १४ हजार २७५ मत छ। हालसम्म ३४ हजार ६१७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस