स्थानीय तह निर्वाचन : ४२५ पालिकाको अन्तिम परिणाम सार्वजनिक

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ४२५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ।

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन्।

पछिल्लो विवरणअनुसार कांग्रेसले १९७, एमालेले १२१, माओवादी केन्द्रले ८३, नेकपा एकीकृत समाजवादीले ७, जसपा ५, राप्रपा १ र ११ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेस अगाडि छ। उसले १२२ पालिकामा अग्रता लिएकाे छ। एमालेले ७५, माओवादी केन्द्रले ३२, जसपाले २८, लाेसपा १० र एकीकृत समाजवादीले १५ पालिकामा अग्रता लिएका छन्। अन्य उम्मेदवारले १६ पालिकामा अग्रता लिएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोहलपुरमा लागु औषध कारोबारी समात्न प्रहरीले चलाउन पर्‍यो गोली

काठमाडौँ । बाँकेको कोहलपुरमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले …

प्रतिकृया दिनुहॊस