दार्चुलामा जिप दुर्घटना, तीन जनाको मृत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिप चालक स्थानीय २३ वर्षीय प्रकाश सिंह धामी, जिपमा सवार सोही स्थानका १९ वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामी रहेका छन्।

गोकुलेश्वर बजारबाट ग्वानीतर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको जिप आज बिहान साढे ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो।

जिपमा चालकसहित ३ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री