गोकुल बास्कोटाको वडामा एमालेको प्यानलै विजयी

काठमाडाैँ । पूर्वमन्त्री एवं सांसद गोकुल बास्कोटाको वडामा एमालेको प्यानलै विजयी भएको छ । काभ्रेको मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएको हो ।

उनी ६२३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४६८ मत पाए । कांग्रेसका उम्मेदवारले २७५ मात्र मत पाएका छन् । यो मेयरका उम्मेदवारसमेत रहेका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइवाको गृह वडा पनि हो ।

तर, उनले यो वडाबाट ५ सय ७३ मत मात्र पाउँदा एमालेबाट मेयरका उम्मेदवार विदुर सापकोटाले ७ सय १७ मत पाएका छन् । नगरपालिकामा मतगणना जारी छ ।

हालसम्म वडा नम्बर १,२,३ र ४ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेको छ । वडा नम्बर १ र ४ मा एमाले र २ र ३ मा नेपाली कांग्रेसले जित हात पारेका छन् । अहिले वडा नम्बर ५ र ६ को मतगणना जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस