८८ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ८८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।

पछिल्लो विवरणअनुसार कांग्रेस ३४, एमाले ३१, माओवादी केन्द्रले २२ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । मतगणना जारी  रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

हेर्नुहोस् सूची :-

नेकपा एमाले विजयी भएका पालिका
१ मनाङको मनाङ ङिस्याङ गाउँपालिका -अध्यक्ष कान्छा घले विजयी
२ मनाङको चामे गाउँपालिका -अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३ मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिका -अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५ मुस्ताङको लोमान्थाङ गाउँपालिका -अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६ डोल्पाको से फोक्सुण्डो गाउँपालिका -अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका -अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८ बझाङको साइपाल गाउँपालिका -अध्यक्ष मानबहादुर बोहोरा विजयी
९ नवलपुरको बौदीकाली गाउँपालिका -अध्यक्ष प्रकाश ओझा विजयी
१० बझाङको थलारा गाउँपालिका -अध्यक्ष प्रकाश रोकाया विजयी
११ मुस्ताङको थासाङ गाउँपालिका -अध्यक्ष प्रदिप गौचन
१२ म्याग्दीको मालिका गाउँपालिका -अध्यक्ष वेगप्रसाद गर्वुजा
१३ तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका -अध्यक्ष यादवबहादुर खापुङ
१४ दार्चुलाको महाकाली नगरपालिका -मेयर नरसिंह चैसिर
१५ स्याङजाको हरीनास गाउँपालिका -अध्यक्ष खिमनारायण मानन्धर
१६ बैतडीको पन्चेश्वर गाउँपालिका -गोरखबहादुर चन्द
१७ दैलेखको गुराँस गाउँपालिका -अध्यक्ष टोपबहादुर वि।सी
१८ नवलपुरको बुलिङटार गाउँपालिका -अध्यक्ष दीपेन्द्र सुनारी
१९ रसुवाको गोसाइँकुण्ड गाउँपालिका -अध्यक्ष कैसाङ नुर्पू तामाङ
२० इलामको माङसेबुङ गाउँपालिका -अध्यक्ष हेमन्त राई
२१ तेह्रथुमको छथर गाउँपालिका -अध्यक्ष सन्तवीर लिम्बू
२२ मकवानपुरको भीमफेदी गाउँपालिका -अध्यक्ष हिदम लामा
२३ डोटीको जोरायल गाउँपालिका -अध्यक्ष दुर्गादत्त ओझा
२४ भोजपुरको हतुवागढी गाउँपालिका -अध्यक्ष प्रेमकुमार राई
२५ पाल्पाको तिनाउ गाउँपालिका -अध्यक्ष प्रेम श्रेष्ठ
२६ मकवानपुरको इन्द्र सरोवर गाउँपालिका -अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७ पाल्पा पूर्वखोला गाउँपालिका -अध्यक्ष नुनबहादुर थापा
२८  तेह्रथुमको म्याङलुङ नगरपालिका -मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
२९ दैलेख डुंगेश्वर गाउँपालिका -अध्यक्ष सुन्दर केसी
३० अर्घाखाँचीको पाणिनी गाउँपालिका -अध्यक्ष टेकराज न्यौपाने
३१ कञ्चनपुरको लालझाडी गाउँपालिका -अध्यक्ष निर्मल राना

नेपाली कांग्रेस विजयी भएका पालिका
१ मनाङको नार्पा भूमी गाँउपालिका -कोन्जो तेन्जीङ लामा विजयी
२ मनाङको नासोँ गाउँपालिका -धनबहादुर गुरुङ विजयी
३ मुस्ताङको घरपोझङ गाउँपालिका -मोहनसिंह लालचन विजयी
४ गुल्मीको रेसुङ्गा नगरपालिकामा -खिलध्‍वज पन्थी विजयी
५ गन्यापधुरा गाउँपालिका -अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६ गुल्मीको गुल्मीदरबार गाउँपालिका -अध्यक्ष सरोजकुमार थापा विजयी
७ डोटीको बडीकेदार गाउँपालिका -अध्यक्ष भैरवबहादुर साउद विजयी
८ हुम्लाको खार्पुनाथ गाउँपालिका -अध्यक्ष कर्णबहादुर रावल विजयी
९ बागलुङको तमानखोला गाउँपालिका -अध्यक्ष जोकलाल बुढा
१० बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका -अध्यक्ष भरत रोकाया
११ सोलुखुम्बुको लिखु पिके गाउँपालिका -अध्यक्ष मीनादेवी कार्की
१२ संखुवासभाको सभापोखरी गाउँपालिका -अध्यक्ष भीमबहादुर लिम्बू
१३ सल्यानको कुमाख गाउँपालिका -अध्यक्ष मानबहादुर बुढाथोकी
१४ बैतडीको शिवनाथ गाउँपालिका -अध्यक्ष कर्णसिंह साउद
१५ दैलेख भैरवी गाउँपालिका -अध्यक्ष रिता शाही
१६ लमजुङको दूधपोखरी गाउँपालिका -अध्यक्ष धनप्रसाद गुरूङ
१७ बागलुङको गलकोट नगरपालिका -मेयर भरत शर्मा
१८ तेह्रथुमको फेदाप गाउँपालिका -अध्यक्ष केशवप्रसाद भेटवाल
१९ पाँचथरको कुम्मायक गाउँपालिका -अध्यक्ष वंमप्रसाद लावती
२० कास्कीको माछापुच्छ्रे गाउँपालिका -अध्यक्ष मीनबहादुर गुरूङ
२१ सोलुखुम्बुको सोताङ गाउँपालिका -अध्यक्ष खिलराज बस्नेत
२२ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका -अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३ डडेल्धुराको नवदुर्गा गाउँपालिका -अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४ अछाम ढाकरी गाउँपालिकास् अध्यक्ष प्रकाशबहादुर साउद
२५ ताप्लेजुङको मेरिङदेन गाउँपालिका -अध्यक्ष युक हां वीर हांगाम
२६ रसुवाको आमाछोदिङ गाउँपालिका -अध्यक्ष बुचुङ तामाङ
२७ म्याग्दीको रघुगंगा गाउँपालिका -अध्यक्ष भवबहादुर भण्डारी
२८ अछामको कमलबजार नगरपालिका -मेयर यज्ञप्रसाद ढकाल
२९ प्युठानको ऐरावती गाउँपालिका -नवीलविक्रम शाह
३० डोटीको आदर्श गाउँपालिका -अध्यक्ष गणेशबहादुर खड्का
३१ धनकुटाको सागुरीगढी गाउँपालिका -अध्यक्ष जीतेन्द्र राई
३२ सल्यान त्रिवेणी गाउँपालिका -अध्यक्ष खिमबहादुर राउत
३३ बझाङको मास्टा गाउँपालिका -अध्यक्ष ज्ञानबहादुर बोहरा
३४सर्लाही धनकौल गाउँपालिका -अध्यक्ष रामश्रेय साह

नेकपा माओवादी केन्द्र विजयी भएका पालिका
१ डोल्पाको जगदुल्ला गाउँपालिका -अध्यक्ष नारसिङ रोकाय विजयी
२ दैलेखको नौमुले गाउँपालिका -अध्यक्ष छविराम सुवेदी
३ बाग्लुङ ताराखोला गाउँपालिका -अध्यक्ष धनबहादुर विक
४ उदयपुर लिम्चुङबुङ गाउँपालिका -अध्यक्ष मेजरकुमार राई
५ रोल्पाको थवाङ गाउँपालिका -अध्यक्ष ऋषिकेशव बुढामगर
६ खोटाङको जन्तेढुंगा गाउँपालिका -अध्यक्ष अरूणादेवी राई
७दार्चुलाको नौगाड गाउँपालिका -अध्यक्ष दलजीत सिंह धामी
८ हुम्लाको ताजाकोट गाउँपालिका -अध्यक्ष लालकेश जैसी
९ गोरखाको अजिरकोट गाउँपालिका -अध्यक्ष दीपक देवकोटा
१० सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका -अध्यक्ष असिम राई
११ गुल्मीको चन्द्रकोट गाउँपालिका -युवराज केसी
१२ दार्चुलाको मार्मा गाउँपालिका -अध्यक्ष जमनसिंह धामी
१३ दार्चुला अपिहिमाल गाउँपालिका -अध्यक्ष भक्तसिंह ठेकरे
१४ भोजपुरको आमचोक गाउँपालिका -अध्यक्ष अशोक राई
१५ दार्चुलाको लेकम गाउँपालिका -अध्यक्ष रामदत्त जोशी
१६ डडेल्धुरा आलिताल गाउँपालिका -अध्यक्ष शेरसिंह पार्की
१७ डोटीको बोकटान फुड्सिल गाउँपालिका -अध्यक्ष कमलबहादुर गड्सिला
१८ रूकुम ९पूर्व० को पुथा उत्तरगंगा गाउँपालिका -अध्यक्ष पुनीराज घर्ती
१९ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका -अध्यक्ष राजन लिम्बू
२० रोल्पाको रोल्पा नगरपालिका -मेयर सुरेन्द्र थापा

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
१ डोल्पाको छार्का साङतोङ गाउँपालिका -अध्यक्ष सेनाङ गुरुङ विजयी (निर्विरोध)
२ डोल्पाको काइके गाउँपालिका -अध्यक्ष अंगदकुमार राना विजयी (निर्विरोध)

अन्य
१ भोजपुरको साल्पासिलिछो गाउँपालिका – अध्यक्ष दौलथकुमार कुलुङ राई

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस