पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार २५४ नमूना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय कारोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री