काभ्रे जिल्लामा अधिकांश स्थानीय तहको मतगणना सुरु

काभ्रेमा अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ। बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहानबाट सुरु भएको हाे।

काभ्रेको धुलिखेल, बनेपा, मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, खानीखोला र भुम्लु गाउँपालिकामा मतगणना सुरु भएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छ।

पनौतीमा १० बजेबाट सुरु भएकाे छ । नमोबुद्धमा बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएकाे छ ।

रोशी गाउँपालिकामा पनि मतगणना सुरु भएकाे छ। अन्य स्थानीय तहले पनि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरेका छन् ।

निर्वाचन स्थगित भएको पाँचखालमा भने १३ नम्बर वडामा अर्को निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना हुनेछ। काभ्रेका १३ स्थानीय तहका ३ लाख ३ हजार ५६० मतदातामध्ये ७२ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विदेशमा पढ्नेहरुले लगे झण्डै एक खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा अर्थात् चैत मसान्तसम्म नेपालबाट विदेश पढ्न जाने नाममा …

प्रतिकृया दिनुहॊस