देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढीमा कांग्रेसको अग्रता

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

वडा नम्बर-१ को शुरुवाती ४०५ मत गणना हुँदा कांग्रेसका मेयर उम्मदवारले १९० मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेस नै अघि छ । उपमेयरका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन् । यस्तै एमाले र कांग्रेस (बीपी) को गठबन्धनका उम्मेदवार कांग्रेस भन्दा पछाडि देखिएका छन् । मेयरमा कांग्रेस बीपीका उम्मेदवारले १६१ प्राप्त गरेका छन् भने उपमेयरले १६२ मत प्राप्त गरेका छन् ।

यस्तै देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसलाई कांग्रेस (बीपी) ले पछ्याइरहेको छ । अहिलेसम्म कांग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने कांग्रेस बीपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने एमालेका इन्द्रबहादुर महराले २७५ मत प्राप्त गरेका छन् । कांग्रेस बीपी र एमालेबीच त्यहाँ गठबन्धन रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लम्बोदर न्यौपानेलाई २५ करोड ६९ लाख जरिवाना, तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई …

प्रतिकृया दिनुहॊस