दोर्दी खोलाको ७० प्रतिशत निर्माण पूरा

लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना ७० प्रतिशत पूरा भएको छ ।   आयोजनाको बाँधमा ८० प्रतिशत काम सम्पन्न भएको हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले बताएका छन् । २ हजार ६ सय ६२ मिटर लामो सुरुङमध्ये १ हजार ६ सय मिटर पूरा भएको छ ।
इको इन्फ्रा व्युल्डर्सले सुरुङको काम अघि बढाउन नसकेपछि ठेक्का तोडेर मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीलाई दिइएको थियो ।

विद्युतगृहको ७० प्रतिशत निर्माण पूरा भएको छ ।विद्युतगृहको संरचना निर्माणको काम पूरा गरेर आगामी पुसबाट इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु गरिने कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०७६ भदौबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसअघि २०७५ चैतबाट विद्युत उत्पादन गर्ने तालिका भए पनि ६ महिना ढिलो गरी आयोजना आउन लागेको हो । उत्पादन हुने विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

४ अर्ब २३ करोड रुपैयाँ अनुमानित लागतमा आयोजना पूरा गर्ने लक्ष्य छ । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ बैंकले ३ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस