कविता नेपाली बनिन् बुगीवुगी विजेता

काठमाडौं ।सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी छिन् । एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा उनले अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन् । याे उपाधिसँगै उनले नगद २५ लाख  रुपैयाँ पनि जितिन् ।

उता अर्की चर्चित डान्सर प्रगति पुन फस्ट रनरअप भएकी छन् ।  उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै सरोज मोक्तान सेकेन्ड रनरअप बने । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।

अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै अायाेजना समेत गरेका थिए ।

एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा पहिलोपटक आयोजना गरेको हो । लगभग आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की तथा कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।

श्री शान्ति विद्याश्रम ललितपुरमा ११ कक्षामा अध्ययन गर्ने सर्लाहीकी कविता नेपाली अहिले ललितपुरको पाटनमा बस्छिन् । अन्तर्जातीय विवाह गरेका कविताका आमाबुवाले उनलाई धेरै पढाउने सपना देखेका छन् ।

मार्सल आर्टकी खेलाडी  कविता कलेजकी अब्बल विद्यार्थी  हुन् । नाचसँगै पढाइ अघि बढाउने उनको चाहना छ । उनले भनिन्, ‘प्रतिस्पर्धाका लागि यहाँ आएकी थिएँ तर एउटा राम्रो परिवार जोडेर जाँदै छु । यो नै मेरो लागि अमूल्य उपहार हो, उनले भनिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रको ‘दुःखी आत्मा’ भ्यालेन्टाइन डेमा

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ले रिलिज डेट लिएको छ । निर्देशक दीपेन्द्र लामाका अनुसार यो …

प्रतिकृया दिनुहॊस