म‌ंगलबारसम्म बदली र वर्षा, पश्चिम नेपालमा ठूलो मात्रामा पानी पर्ने

काठमाडौं । मंगलबारसम्म वर्षा भर्इरहने मौसमविदले वताएका छन् । आइतबार र सोमबार अत्यधिक वर्षा तथा मंगलबार मध्यम वर्षा हुने अनुमान गरिएको हाे । मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारेमा वताउँदै मंगलबारसम्मै पानी पर्ने जनाएको हो ।

आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरैजसाे स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ । उता सोमबार राति मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री