प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्कीलाई पत्नीशोक, गोसाइँकुण्ड पदमार्गमा ढुङगाले लागेर मृत्यु

रसुवा । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल संयोजक सञ्जय कार्कीलाई पत्नीशोक परेको छ ।
नेपाली रेडियो नेटवर्कको सहयात्री रेडियो गुञ्जन एफएम रौतहटका स्टेशन म्यानेजर पत्नी नम्रता कार्कीको गोसाइँकुण्ड गएका बेला ढु‌ंगाले लागेर निधन भएको हो ।

रौतहट चन्द्रनिगाहपुरकी ३८ वर्षीया नम्रता कार्कीको निधन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी गराए ।

साथीहरुसँग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्ने मिनिगोसाइँकुण्ड आसपासका क्षेत्रमा गएको पहिरोसँगै आएको ढुङगाले टाउकोमा लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले वताएकाे छ।

नेपाल प्रेस युनियनले आफ्ना केन्द्रीय सदस्य सञ्जय कार्कीलाई परेको पत्नी वियोगमा शोक व्यक्त गरेको छ। महासचिव अजयबाबु शिवाकोटीले एक शोक वक्तव्य निकाली स्वर्गीय कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सञ्जय कार्की सहित परिवारमा समवेदना व्यक्त गरेका छन्।

पहिरोमा परी घाइते भएकी चन्द्रनिगाहपुरकी अन्दाजी ३५ वर्षीया रमा आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री