रुसमा हेलिकप्टर दुर्घटना, चालक दलसहित १८ को मृत्यु

एजेन्सी । रुसको क्रास्नोयारस्क क्षेत्रमा एमआई ८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। आपतकालीन सेवा अधिकारीहरूले विमानमा रहेका १५ जना यात्रु र ३ जना चालक दलका सदस्यको मृत्यु भएको जानकारी दिएका छन्।

शनिबार बिहान १०: २० बजे रुसमा हेलिकप्टर दुर्घटना, चालक दलसहित १८ को मृत्यु  सो हेलिकप्टर दुर्घटनामा परेको अधिकारीहरूले जनाएका हुन्।

उक्त हेलिकप्टर मजदूरहरूलार्इ तेल खानीमा ओसार्न प्रयोग भएको जनाइएको छ। कार्गो बोकिरहेको अर्को हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना कसरी हुन गयो? यसबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस