पाकिस्तानमा इमरान खानको सरकार ढल्यो

एजेन्सी । पाकिस्तानको नेशनल एसेम्बलीमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको छ । प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका छन् । बहुमतको लागि आवश्यक १७२ मत रहेकोमा प्रधानमन्त्री खानविरुद्ध १७४ मत परेपछि उनको सरकार ढलेको छ ।

मतदान हुनुअघि संसदमा सभामुख र उपसभामुखले राजीनामा गरेका थिए । सभामुख र उपसभामुखले राजीनामा गरेपछि विपक्षले अयाज सादिकलाई नयाँ सभामुख चुनेको छ ।

सर्वोच्चको आदेश पछि अविश्वास प्रस्तावमा मतदान भएको थियो । संसदको यो कारवाहीलाई सर्वोच्च अदालतको पाँच न्यायाधिशको बेन्चले प्रत्यक्ष हेरेको जियो न्यूजले बताएको छ ।

पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका इमरान खान पहिलो प्रधानमन्त्री बनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप