दक्षिणकाली नगरपालिकाको चाल्नाखेल-वोसनमा केवलकार सञ्चालनमा आउने

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो।

चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी गराएको हो। कम्पनीका तर्फबाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अब निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए । उनका अनुसार अबको तीन बर्षमा निर्माण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ।

कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाँडाहरु गरि करिब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ ।

केही प्राविधिक एवं कानूनी अवरोधहरुको निकास सम्मानित सर्वोच्च अदालतबाट ०७४/०७/२८ को निर्णयबाट प्राप्त गरिसकेपछि यो परियोजनाको कार्य तिब्रगतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । यो केबलकार परियोजना ०७६/०१/०२ गते बसेको ७१आै नगर कार्यपालिकाको निर्णय अनुसार ०७६/०१/०६ मा केबलकार निर्माण तथा संचालन अनुमति प्राप्त भएको हो ।

कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट ०७६/०१/०६ मा निर्माण तथा संचालन अनुमतिपत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपाल बाहिर विभिन्न देशमा बस्ने भएको हुँदा निज जग्गा धनीहरुलाई सम्पर्क गरि निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरु खरिद गर्ने काम सम्पन्न गरिएको छ।

कम्पनीले उक्त कार्य गर्दा गर्दै कोभिड–१९ को माहामारी देशैभरि फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिना काम गर्न नसकि सो पश्चात उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वे को सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन–१ र २ सर्भेको काम भएको छ ।

कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाईन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ। कम्पनीका अनुसार यहाँ ल्याईने केबलकार यूरोपियन केबलकार हुनेछ। कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाईन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो।

कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ। कम्पनीले उक्त केबुलकार ०७९ (२०२२) को अन्त्यमा सुरु गरेर २०८१ (२०२५) को अन्त्यमा सक्ने जनाएको छ।

कम्पनीले विदेशी लगानीकर्तासमेत भित्र्याउने लक्ष्य राखेको छ। यो परियोजना संचालनका लागि स्थानीयवासीहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरिएको छ। कम्पनीले बोसन गाउँदेखि बेस स्टेशनसम्मका सडकलाई डिजाइन गरेको नक्सा अनुसार बिस्तारका लागि सम्बन्धित निकायहरुलाई अविलम्ब आवश्यक पहल गरिदिन पनि अनुरोध गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after