सलमानले दिने भए कट्रिनालाई १२ करोड

सलमान खानको ‘भारत’फिल्मबाट  प्रियंका चोपडाले हात झिकेपछि यो फिल्म कट्रिना  कैफले  खेल्ने भएकी छिन् । यसअघि प्रियंकाले यो फिल्मका लागि १२ करोड पारिश्रमिक डिमान्ड गरेकी थिइन् र सलमान तयार पनि भएका थिए । तर उनी बीचमै फिल्मबाट बाहिरिइन् ।

प्रियंकाबाट धोका पाएपछि सलमानले कट्रिनातर्फ प्रस्ताव बढाए । प्रियंकाले छोडेको रोल गर्न कट्रिनाले आनाकानी गर्ने हुन् कि भन्ने शंका सलमानलाई थियो । तर कट्रिनाले यो अफर स्वीकारिन् । यसबाट सलमान कट्रिनाप्रति आभारी बनेका छन् ।

कट्रिनाले उनीसँग पारिश्रमिकको कुनै डिमान्ड गरेकी थिइनन् । तर सलमानले प्रियंकालाई दिने भनेको पारिश्रमिक कट्रिनालाई दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री