काठमाडौं । धावनमार्गमा समस्या देखिएपछि बिहान ११ बजे बाट विमानस्थलमा उडान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ ।
जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि पटक–पटक टेण्डर भए पनि प्रक्रिया अगाडि नबढ्दा वर्षाको समयमा बढी समस्या देखिने गरेको छ । धावनमार्ग बन्द गरिएपछि नेपाल आएका जहाजहरु आकाशमै होल्ड गरिएको थियो ।
प्रतिकृया दिनुहॊस