त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि सबै उडान तथा अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि बिहान ११ बजे बाट विमानस्थलमा उडान बन्द गरिएको हो ।

धावनमार्ग बन्द गरिएपछि नेपाल आएका जहाजहरु आकाशमै होल्ड गरिएको छ । अहिले कतार एयर, जेट एयर, ड्रुक एयर ,बंगलादेश एयर, नेपाल एयरलाइन्स लगायतका बिमानहरु आकाशमै घुमिरहेका छन् ।

बन्द विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।  वर्षायाममा विमानस्थलको धावनमार्गमा पटक-पटक पिच उप्किने समस्या देखिने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री