प्रधानमन्त्री घोडे जात्रामा सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो ।

तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन् । ‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने ।

सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तर, प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २: ४५ बजे अवतरण गर्ने समय तालिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य