परिवर्तनको काम गरेको काँग्रेससँग अन्य दलको तुलनानै हुँदैन : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी कांग्रेससँग अन्य दलहरूको तुलना हुनै नसक्ने बताएका छन् । नेपाली कांग्रेसको एकमहिने अभियान अन्तरगत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै नेता सिंहले काँग्रेस जन जनको मनमा बसेको भरपर्दो पार्टी भएको बताएका छन् ।

वर्तमान सत्ता गठबन्धन कांग्रेसको चाहाना नभै मुलुकको बाध्यात्मक अवस्थाको कारण बनेको भन्दै नेता सिंहले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि परिस्थितिलाई सम्हालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यता कांग्रेसलाई आई परेको बताए ।

स्थानीय निर्वाचनका सम्बन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने समेत बताए । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने बताउँदै उनले कांग्रेसका सबै कमिटीहरूले उम्मेदवार सिफारिस गर्दा विधानको परिधि भित्र रहेर गर्न समेत आग्रह गरे ।

टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जसले पाउँछ त्यो पार्टीको उम्मेदवार हुने भएकाले सबै एक ढिका भएर जिताउन लाग्नुपर्ने उनले बताए । नेता सिंहले वर्तमान सरकारको मुख्य दायित्व भनेकै संविधानलाई ट्याकमा ल्याउने र संविधान र कानु बमोजिम समय सीमा भित्र निर्वाचन गराउने भएको बताए ।

उनले आम नागरिकले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे भन्ने मूल्याङ्कन गर्ने बेला आएको बताए । नेता सिंहले अब सबै कांग्रेसका नेता कार्यकर्ताहरूले जनताको घर घरमा पुगेर पुगेर सार्वजनिक बहसमा सहभागी भएर कांग्रेसले गरेका कामका बारे प्रचारप्रसारमा लाग्न आग्रह गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस