ग्लोबल आईएमईले कोरियामा शाखा खोल्न राष्ट्र बैंकबाट पायो स्वीकृति

काठमाडौं । ग्लोबल आईएमई बैंकले कोरियामा शाखा खोल्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा शाखा खोल्नका लागि राष्ट्र बैंकले स्वीकृति दिएको जानकारी  दिएका छन् । उनले अब रेमिट्यान्स बढ्ने दावी गरे । रेमिट्यान्स भित्र्याउन अर्थात् विदेशी डलर स्वदेशमा ल्याउनका लागि काेरियामा खुल्ने शाखाले महत्वपूर्ण सहयाेग गर्ने बताए ।

उनले आगामी दिनहरुमा विभिन्न देशहरुमा शाखा खोल्ने र नयाँ–नयाँ काम गर्ने, कार्यान्वयनमा टेवा पुर्याउने विषयहरुमा ग्लोबल आईएमई बैंकको प्राथमिकता हुने बताए । यस्तै, उनले ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको जुनसुकै नीति कार्यान्वयनमा पनि अगाडि देखिएको बताएका छन् । आइतबार बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन कार्यक्रमका अवसरमा उनले यस्तो बताएका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस