युक्रेनमा रुसी पत्रकारको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी कीभमा रुसी सेनाले गरेको गोलाबारीमा एक रुसी पत्रकारको मृत्यु भएको छ । ओक्साना बाउलिनाले खोजी वेबसाइट द इनसाइडरको लागि कीभ र पश्चिमी शहर ल्भिभबाट रिपोर्ट गरिरहेकी थिइन् ।

कीभको पोडिल जिल्लामा रिपोर्टिंगको क्रममा रुसी रकेट आक्रमणमा उनको मृत्यु द इनसाइडरले जनाएको छ । बाउलिनाले यसअघि रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनमा काम गरेकी थिइन् र रुस छाडेकी थिइन् । गत वर्ष फाउन्डेसनलाई रुसमा गैरकानूनी र चरमपन्थी घोषणा गरेपछि यसका धेरै कर्मचारीहरू विदेश पलायन भएका थिए ।

सो आक्रमणमा अर्का एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको इन्साइडरले जानकारी दिएको छ । बाउलिनाले पहिले कीभ र पश्चिमी युक्रेनी शहर ल्भिभबाट धेरै रिपोर्टहरू पठाएकी थिइन् । युक्रेनमा मार्चको सुरुमा, स्पेनिस समाचार एजेन्सी इएफओइका लागि काम गर्ने युक्रेनी टिभी च्यानल लाइभका क्यामेरा अपरेटर येभेनी साकुन, कीभमा टिभी ट्रान्समिसन टावरमा गोली प्रहार गर्दा मारिएका थिए ।

त्यसको दुई हप्तापछि अमेरिकी पत्रकार र फिल्म निर्माता ५० वर्षीय ब्रेन्ट रेनाउडलाई कीभ बाहिर इरपिन सहरमा सुटिङ गरिरहेको बेला गोली हानी हत्या गरिएको थियो । र त्यसको दुई दिन पछि फक्स न्यूजका दुई पत्रकारहरू क्यामेराम्यान पियरे जाक्रजेव्स्की र ओलेक्सान्ड्रा कुभशिनोभा मारिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री