डिजिटल भुक्तानीका लागि नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता

काठमाडौं । डिजिटल इकोसिस्टमको विकासको काममा सहकार्य गर्न नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । नेपाल पेमेन्ट सोलुशनले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमासँग सम्झौता गरेको हो । नेपाल पेमेन्ट सोलुशनको तर्फबाट चिफ एक्स्पेरियन्स अफिसर प्रताप श्रेष्ठ र गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी आधिकृत गोविन्द प्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

याे सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै  गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पुर्ण सेवाहरू उपयोग गर्न पाउनेछन । नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्था, रेमिट्यान्स कम्पनी र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने कम्पनीले जनाएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस