बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैँ । बैतडीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका-५ का ३२ वर्षीय अर्जुन थारु रहेका छन् ।

मौराबाट फर्किरहेको सु.प.प्र.-०१-००२ त ५५९८ नम्बरको ट्याक्टर दशरथचन्द नगरपालिका-१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार ट्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारुको जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य