रुसी सेनालाई खाद्यान्नलगायत आधारभूत सामग्रीको अभाव

बीबीसी । रुसी सेनालाई खाद्यान्नलगायत आधारभूत सामग्रीको अभाव भएकाे छ । युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको रुसी सेनालाई खाद्यान्नलगायत आधारभूत सामग्रीको अभावआकलन गरिएकाे हाे ।

बेलायती रक्षा मन्त्रालयकाअनुसार युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ । सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तु अन्य सेनाहरूलाई प्रभावकारी ढङ्गमा पुनः आपूर्ति गर्न सकेका छैनन् ।

बेलायती रक्षा मन्त्रालय प्रतिवेदनमा यस्ताे उल्लेख गरिएको हाे । ‘युक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो सङ्ख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ । यसले रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले बिहीवार अमेरिकाले गरेको आकलनलाई प्रतिविम्बित गर्छ जसमा रुसको सेना देशभित्र नै अल्झिएका छन् भनिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस