स्थानीय तहमा ‘कांग्रेसको अवस्था’ बारे चैत १५ भित्र रिपोर्ट पठाउन देशभर सर्कुलर

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्वबारे जानकारी गराउँदै भन्दै सर्कुलर पठाएका हुन् ।

महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरु दल विभाजन पश्चात पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । कांग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आंकलन गरी केन्द्रमा पठाउन निर्देशन गरिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहोल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप