मधेश प्रदेश सरकारले कुष्ठरोग उन्मुलनका लागि विशेष अभियान चलाउने

कुष्ठरोग उन्मुलनको लागि मधेश प्रदेश सरकारले विशेष अभियान संचालन गर्ने भएको छ।प्रदेशका जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या, अवस्थाको विषयमा खोजतलास गरि उपचारको व्यवस्थापन गर्ने प्रदेश सरकारले जनाएको छ।

मधेश प्रदेश सरकारका प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तर्गतक्रिया समेत गरेको छ।

कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि धनुषामा तीन वर्षका लागि शुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउनका लागि पालिकाहरूको साथ तथा सक्रियता आवश्यक रहेकोमा जोड दिइएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पुरा गर्नका लागि धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने बताए।

सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले कुष्ठरोगी पत्ता लगाउने तथा उनको सम्पर्कमा रहेकाहरूलाई औषधि खुवाउने अभियानले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुष्ठरोगको निवारणका लागि धनुषा जिल्लामा स्थानीय जनप्रतिनिधिहरूले बढी मिहेनत गर्न आवश्यक भएको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस