कमल थापाले छाडेपछि पार्टी बलियो बन्यो : राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिष्पर्धा गर्ने स्थलमा परिणत भएको बताएका छन् ।

आज पार्टीको आमसभालाई सम्बोधन गर्न सुर्खेतको वीरेन्द्रनगर आइपुगेका अध्यक्ष लिङ्देनले एमसीसीको सम्बन्धमा प्रमुख राजनीतिक दलहरुले निभाएको भूमिकाले देशलाई दीर्घकालीन रुपमा क्षति पुर्‍याउने बताए । उनले प्रमुख राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रको चलखेल बढेको बताए ।

उनले भने, ‘एमसीसीको सम्बन्धमा प्रमुख दलहरुले देखाएको भूमिकाका कारण देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिष्पर्धा स्थलमा परिणत भयो । यस्तो दुष्प्रयासको असर प्रमुख राजनीति दलले मात्र होइन देश र जनताले पनि बेर्होनुपर्छ । यसले देशलाई दीर्घकालीन क्षति पुर्‍याउँछ ।’

उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटी पन देखाएको आरोप लगाएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् ।
उनले भने, ‘उहाँ (कमल थापा) ले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्‍याएको छैन् ।’

उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ ? भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ ।’

स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस