रुसले बाल अस्पतालमाथि गरेको हमला युद्ध अपराध : जेलेन्स्की

बीबीसी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम विष्फोट गराएर युद्ध अपराध गरेको आरोप लगाएका छन् । राजधानी किएभबाट भिडिओ सम्बोधन गर्दै उनले उनले त्यस्तो बताएका हुन् ।

एकजना क्षेत्रीय गभर्नरले त्यहाँ कम्तिमा १७ जना घाइते भएको बताएका छन् । भिडियो फुटेजमा एउटा भवनका झ्यालहरू बाहिर उडेको र नजिकै ठूला खाडलहरू बनेको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले युक्रेनमा आक्रमण सुरु भएदेखि नै त्यहाँका स्वास्थ्य संस्थामा कम्तीमा १८ विभिन्न आक्रमणहरू भएको पुष्टि गरेको बताएको छ । मारिओपोलका मेयरले रुसले बमबारी सुरु गरेदेखि यस सहरमा १२ सयभन्दा बढी सर्वसाधारण मारिएको बताएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले “आइएमई पे डिजिटल दसैँ तिहार” योजना …

प्रतिकृया दिनुहॊस