युक्रेनमा युद्धग्रस्त शहरबाट ३५ हजार मानिसको उद्धार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार स्थापना गरिएको मानवीय मार्गबाट ३५ हजार मानिसको उद्धार गरिएको बताएका छन् ।

बुधबार युक्रुेनको सुमी, किभ र एनेरहोडारका तीन मार्गबाट उनीहरुको उद्धार गरिएको जेलेन्स्कीले बताए । जेलेन्स्कीले मानिसहरुको उद्धारको प्रयास बिहीबार पनि जारी राख्ने बताएका छन् ।

बुधबार केही स्थानबाट मानिसहरुको सफल उद्धार गरिए पनि केही स्थानमा भने मानिसहरुको उद्धार कार्यमा रुसले अवरोध गरेको थियो । स्थानीय अधधिकारीहरुले दिएको जानकारीअनुसार किभ नजिकैको स्टोयन्कामा मानिसहरुको उद्धारको लागि खटाइएको ५० बसहरु रुसी सेनाले रोकेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस