बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिन आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आग्रह गरेको हो ।

प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन निवेदन दिनु पर्नेछ ।

फागुन महिनाभरी आर्थिक वर्ष २०७९/०८० को लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ । निवेदन दिने व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनु पर्नेछ । निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्नेछ ।

हेर्नुस् सूचना :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरिएको छ । बुधवार बसेको संसदीय …

प्रतिकृया दिनुहॊस