फाइल फाेटाे

त्रिभुवन विमानस्थलको श्रम डेस्क हट्यो, अब श्रमिकले छुट्टै लाइन बस्नु नपर्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहीछाप लगाउने नाममा लाइनमा उभ्याउने श्रम डेस्क हटाएको छ । श्रमिकलाई अनावश्यक दुःख दिएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम डेस्क हटाएको हो ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठ आफै बुधबार विमानस्थलमा गएर श्रम डेस्क हटाएका छन् । अनलाइन सूचना प्रणाली आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको उनले बताएका छन् । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्दै आएको थियो ।

वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गएर डेस्कले सहीछाप लगाई दिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाउने नियम थियो । अब श्रमिकले श्रम डेस्क नगई जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउने छन् । श्रमिकको प्रस्थानलाई छिटो-छरितो बनाउन तीनवटै द्वारबाट प्रवेश दिइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्ने भएको छ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ । मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण जाँच गर्ने प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आग्रह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस