ट्रम्पले अर्को चुनावको तयारी थाले

काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेको पाँच महिना पनि नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २०२० को चुनावको लागि तयारी अहिलेदेखि नै थालेका छन् ।
ट्रम्पले वासिंगटनमा रहेको आफ्नो होटलमा २०२० को चुनावको लागि खर्च जुटाउनको लागि फन्ड रेजिङ् कार्यक्रमको आयोजना गरेका हुन् ।
उनले आयोजना गरेको उक्त कार्यक्रमका प्रत्येक सहभागिले ३५ हजार अमेरिकी डलर दिनुपर्ने थियो भने त्यहाँ ३ सय कुर्सी रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
ह्वाइट हाउसमा आएको पाँच महिनामै अर्को राष्ट्रपतीय चुनावको लागि तयारी थालेपछि उनको आलोचना हुन थालेको छ । अझ उनले आफ्नो उक्त कार्यक्रममा कुनै पनि सञ्चारमाध्यमलाई प्रवेश नदिइएको जनाएको छ ।
तर, ट्रम्पको होटलअघि पुग्ने हरेक मानिसले उनलाई गाली गरेको र उनको यो कदमको विरोध गरेको जनाइएको छ ।
पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा ह्वाइट हाउसको सदाचार समितिका मुख्य वकिलको भूमिका निर्वाह गरेका रिचर्ड पेंटरले राष्ट्रपतिले आफ्नै होटलमा फन्ड रेजिङ् कार्यक्रम अस्वीकार्य हुने भन्दै उनले अन्य कुनै होटलमा उक्त कार्यक्रम गर्नुपर्ने बताएका थिए ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले आफुले सत्ताभार सम्हालिसकेपछि आफ्ना सबै होटल छोराको जिम्मेवारी लगाएका थिए र उनको अहिलेको यो कदमले कुनै पनि कानुन उल्लंघन नभएको जनाइएको छ

बाह्रखरीबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस