एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडाैँ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा-५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ झ ००२८ नम्बर भएकोे एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१-०२-०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन् । एम्बुलेन्स चालक सप्तरी विषनपुर-५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य