पञ्चकन्याको माईको आइपिओ एक लाख १०० ले पाए

काठमाडौं ।पञ्चकन्या माइ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । सार्वजनिक निष्कासन(आइपिओ)मा १ लाख १०० आवेदकले १० कित्ताको दरले सेयर पाएका छन्  । ४६ हजार २८९ जना आवेदकले सेयर पाउन सकेनन् ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको कुल १० लाख १ हजार कित्ता आइपीओका लागि रितिपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जनाबाट १ करोड ८४ हजार ७३० कित्ताको माग परेको थियो।

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चेपाङबस्तीमा ‘बिजुली बत्ती’ पुग्यो, निःशुल्क पाए मिटर

काठमाडौँ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण …

प्रतिकृया दिनुहॊस