काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँ रहेको थियो । मंगलबार तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकोले नेपालमा पनि सुनको भाउ बढ्दो क्रममा रहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




