काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटेको देखिएपनि मृत्यु हुनेको संख्या भने बढेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६७ हजार ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११८८ जनाको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको ५.०२ प्रतिशत रहेको छ ।
त्यस्तै भारतमा एकैदिन एक लाख ८० हजार ४५६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या ९ लाख ९४ हजार ८९१ रहेको छ ।
हालसम्म कोरोना संक्रमणबाट कूल ५ लाख ४ हजार ६२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




