काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएको बताएका छन् । सरकारले सोमबार निर्वाचनको मिति घोषण गरेसँगै महामन्त्री थापाले अब निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताए । ‘स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ,’ उनले भने, ‘स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ ।’
संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको महामन्त्री थापाको भनाई छ । ‘सबैले सदैव हेक्का राख्नु पर्दछ,’ उनले अगाडि भने,‘ संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।
— Gagan Thapa (@thapagk) February 8, 2022




