हिमपात र हुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

काठमाडाैँ  । हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिमपात र हुरीका कारण प्रभावित भएका छन् । हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिमपात र हुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक-पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन् ।

एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने गोसाइँकुण्ड उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ । सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेन समेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन तय गरेको धार्मिक उडान समेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।

समुद्री सतहबाट करिब चार हजार फिटसम्मका हिउँ पग्लिएपछि पैदलयात्रीलाई सहज भएको स्थानीय रेशम तामाङले बताए । होचो स्थानका हिउँ पग्लिएपछि चरण क्षेत्र खुला भई पशु आहारामा समेत सहज हुँदै आएको पशुपालक किसानले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री