काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन् । पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’
१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु।PCR रिपोर्ट नेगेटिभ आएको छ। अब सार्वजनिक कार्यक्रममा फर्कनेछु। देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार !
— Baburam Bhattarai (@brb1954) February 7, 2022




